newskoseli.Com

कपालमा जुत्ताको पालिस ! पासपोर्ट बनाउनु छ ? कपाल रंगीन नपार्नोस्…

पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने कपाल रंगीन नबनाउनोस् नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला !

मेहन्दी लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन्– एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै ।

बालाजुकी पूजा पाठकसँग हस्तलिखित राहदानी थियो । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन बिहीबार केशरमहलस्थित राहदानी विभाग पुगिन् । फोटो खिँच्ने लाइनमा बस्दा उनको खैरो कपाल हेर्दै एक कर्मचारीले भने– ‘कपालमा कालो लगाएर आउनोस् है, यस्तो कपालमा हुँदैन ।’

अमेरिकाबाट फर्केकी पाठकलाई प्रहरीको क्यान्टिनमा गएर जुत्तामा लगाउने पालिसले कपाल कालो बनाउन त्यहींका एक कर्मचारीले सुझाए । आक्रोशभावमा उनले भनिन्– ‘यस्तो नियम कतै छैन, कति तनाव दिएका ?’

रामेछापकी सुनिता लामाले पनि त्यस्तै समस्या झेलिन् । उनको कपाल खैरो थियो । निधारमुनिसम्म काटेको खैरो कपालमा पुगेकी लामा उसरी नै प्रहरीको क्यान्टिनमा पुगिन् । भन्दै थिइन्– ‘कस्तो दिक्क लाग्यो, यस्तो पनि नियम ! थाहा पाएको भए पहिले नै कालो बनाउने थिएँ ।’

अजबको नेपालमा गज्जबको चलन भने झैं यो अनौठो प्रचलन बारेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर