newskoseli.Com

मेलम्चीबारे खानेपानी मन्त्री : ‘ठेकेदारले छाडे पनि खासै क्षति हुँदैन’

ठेकेदार कम्पनी सीएमसीले काम छाडेर गए पनि मेलम्ची खानेपानी आयोजना प्रभावित नहुने खानेपानी तथा सरसफार्इ मन्त्री बिना मगरले बताएकी छन् ।

मन्त्री मगरले बिहीबार संसद्को अर्थ समितिमा भनिन्– ‘ठेकेदार कम्पनीको साढे तीन अर्बभन्दा धेरै रकम हामीसँग सुरक्षित छ । उसले छाडेरै गए पनि आर्थिक रुपमा हामीलाई क्षति हुन्न ।’

वार्ता गरेर सकेसम्म यही ठेकेदारबाटै निर्माण सम्पन्न गराउने उनले बताएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर