newskoseli.Com

‘फेसबुकबाट प्रेम नगर्नोस् है !’ : भुक्तभोगीको सुझाव…

‘फेसबुकबाट प्रेम नगर्नुस्, अन्यथा मैलेजस्तो दुःख पाउनुपर्ला’– पाकिस्तानी जेलमा ६ वर्ष जीवन बिताई यसै साता स्वदेश फर्किएका एक भारतीय नागरिकले शुक्रबार भने ।

सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक किशोरीसँग प्रेममा परेपछि हमिद नेहाल अन्सारी पाकिस्तान पुगे । अन्सारी ती किशोरीले दिएको ठेगाना पछ्याउँदै सन् २०१२ मा पाकिस्तान पुगे ।

उनी किशोरीको घरमा पुग्दा नजिकै तैनाथ पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरे । उनले देशविरुद्ध जासुसी गरेको नक्कली कागजात बनाएको अभियोगमा पाकिस्तानी अधिकारीले ६ वर्षको जेल सजाय दिएका थिए ।

उनी मायामा अन्धो भएर पाकिस्तान प्रवेश गरेको उनका आफन्तहरुले बताएको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर