newskoseli.Com

राजधानीमा सासै फेर्न सकस ! प्रत्येक वर्ष १० हजारको मृत्यु…

वायुलगायतका प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ । सवारी साधनले फालेको धुवाँ, साडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न समेत कठिन भइरहेको छ ।

तर, वायु प्रदूषण नियन्त्रण गर्न उपभोक्ताबाट उठाइएको रकम प्रयोगमा आउन सकेको छैन । सरकारले पेट्रोलियम पदार्थ (डिजेल र पेट्रोल) प्रयोग गरेवापत उपभोक्ताबाट प्रतिलिटर ५० पैसा ‘प्रदूषण शुल्क’ लिने गरेको छ । यसरी उठाएको रकम पाँच अर्बभन्दा बढी पुगेको छ ।

नेपाल आयल निगमले २०६६ देखि डिजेल र पेट्रोलमा प्रतिलिटर ५०–५० पैसाका दरले उठाएर सरकारलाई बुझाउँदै आएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वायु प्रदुषणका कारण लाग्ने रोगबाट प्रत्येक वर्ष १० हजार नागरिकको मृत्यु हुने गरेको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर