newskoseli.Com

पूर्वराजाकी छोरी प्रेरणाले किन हालिन् सर्वोच्चमा मुद्धा ?

नेपाल ट्रस्टको कार्यालय अन्तर्गत आएको घरजग्गा पुनः आफैंले पाउनुपर्ने माग गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छन् ।

गोकुलबहादुर रोकायलाई वारेस राख्दै उनले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी हुन् । सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि तत्कालीन राजा वीरेन्द्र शाहको नाममा रहेको घरजग्गा नेपाल ट्रस्टको हुने फैसला गरेको थियो ।

फैसला कार्यान्वयन गर्नका लागि ट्रस्टले पत्राचार गरेको थियो । दुई सताअघि मात्रै प्रेरणा शाहका सहयोगीले घरजग्गा खालि गरिदने बारेमा पत्र बुझेको नेपाल ट्रस्टको कार्यालयले बताएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर