newskoseli.Com

नारायणकाजीको ‘हमला’ : परमेश्वरको प्रतिनिधि हो तपार्इं ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समितिको बैठकमा नेताहरूबीच आरोप–प्रत्यारोप जारी छ ।

शुक्रबारको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिजालप्रति कटाक्ष गर्दै उनी ‘परमेश्वरको प्रतिनिधि’ भएको हो भनी प्रश्न गरे ।

‘एकजना कामरेडले बिहीबारको बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्नु आत्मनिन्दा हो, त्यति विनम्र हुनै सकिँदैन भन्नु भो, त्यस्तो अभिव्यक्ति गलत छ,’ रिमालको अभिव्यक्तिप्रति लक्ष्य गर्दै प्रवक्ता श्रेष्ठले भने– ‘सामन्ती सोच र संस्कृति भएको शासकले मात्र आफूलाई परमेश्वरको प्रतिनिधि ठान्छ, त्यस्ताले आत्मालोचना गर्ने कुरै हुन्न । के तपाईंले आफूलाई त्यस्तै ठान्नुभएको हो ? त्यस्तो सोच एवं अभिव्यक्ति हामी कम्युनिस्टहरूको होइन र हुनै सक्दैन ।’

सरकार र पार्टी नेतृत्वको सफलता तथा उपलब्धिको चर्चा गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले बिहीबारको बैठकमा आत्मनिन्दा मात्रै गरेर खुइल्याउने काम नगर्न नेताहरुलाई चेतावनी दिएको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर