newskoseli.Com

सिंगै गाउँको लालपुर्जा एउटै व्यक्तिका नाममा !

झुम्म परेको वस्तीको जमिन ३–४ पुस्तादेखि भोगचलन हुँदै आएको छ । गाउँ ब्लकको पुर्जा प्राप्त गरेकाले पञ्चायतकालदेखि घरधुरी कर बुझाएको कागजात पनि सुरक्षित नै छन् ।

यहाँका बासिन्दाले आफूलाई थोरै भए पनि जमिनको धनी हौं भन्ने ठान्दै आएका थिए । अहिले नापी कार्यालयको फिल्ड बुक हेर्दा भने उक्त गाउँ एक व्यक्तिको नाममा रहेको खुलेपछि स्थानीयवासीको निद्रा हराएको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ६, सनहीमा यस्तो समस्या देखिएको हो । यहाँको एउटा पूरै वस्ती एक व्यक्तिको नाममा रहेको तथ्य फेला परेपछि समस्या देखिएको छ । त्यसैले भोगचलन गर्दै आएका स्थानीय ८९ परिवार समस्यामा छन् ।

पाल्हीनन्दन गाउँपालिका– ६ का राजेश साहनी साविकको सनही गाविसका अध्यक्ष हुन् । उनी अध्यक्ष रहेका बेला गाविसले स्थानीयलाई गाउँ ब्लक पुर्जा वितरण गरेको थियो । धनीपुर्जा दिँदा समेत वस्ती व्यक्तिको नाममा रहेको कसैलाई थाहा भएन ।

अहिले आफ्नो घरजग्गा व्यक्तिको कित्तामा देखिएपछि स्थानीयवासी आश्चर्यमा परेका छन् । ‘२०२४ सालमा नापी गर्ने कर्मचारीको मिलेमतोमा यस्तो भएको हुन सक्छ’– साहनीले भनेको खबर शनिबारका कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर