newskoseli.Com

मोहन वैद्य ‘किरण’ चढेको कार राति साढे ११ बजे दुर्घटना !

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ चढेको कार दुर्घटनामा परेको छ ।

कार दुर्घटनामा परे पनि महासचिव वैद्य भने सकुशल छन् । कारमा सँगै सवार दुई कार्यकर्ता घाइते भएका छन् ।

वैद्य चढेको बा ३ च ८४७० नम्बरको कार शुक्रबार राति साढे ११ बजे रौतहटको चन्द्रनिगाहपुरमा रोकिराखेको ना ६ ख २८९५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको चन्द्रनिगाहपुर ट्राफिक प्रहरी कार्यालका प्रहरी निरीक्षक विजय श्रेष्ठले बताएको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर