newskoseli.Com

गाम्काको ठगी र सिन्डिकेट : वर्षौंदेखि सरकार मौन…

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लादेको भनी मुद्दा चलाएको श्रम मन्त्रालयले खाडीको अझ ठूलो सिन्डिकेटमा भने आँखा चिम्लिरहेको छ ।

‘गाम्का नेपाल’ का नाममा सीमित स्वास्थ्य संस्थाहरूले सरकारको सीमाभन्दा धेरै रकम उठाइरहेका छन् । मलेसियाका हकमा ३९ वटा स्वास्थ्य संस्थाले बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्थे । खाडीका साउदी, ओमन र बहराइनका लागि स्वास्थ्य परीक्षण गर्ने जम्मा १२ वटा स्वघोषित मेडिकल छन् । मलेसिया जानेले ४ हजार ५ सय तिर्थे ।

तर, गाम्कामा भने ५ हजार ५ सय रुपैयाँ र थप १० डलर (करिव ११ सय रुपैयाँ) अनलाइन फारम शुल्क गरी ६६ सय लाग्छ । यद्यपि सरकारले भने ५ हजार ७ सय ८० रुपैयाँसम्म मात्रै यसको सीमा तोकेको छ ।

बायोमेट्रिकमा ३ अर्ब ८६ करोड १५ लाख बराबर ठगी भएको मुद्दा जिल्ला अदालत काठमाडौं र उच्च अदालत ललितपुरमा विचाराधीन छन् । साउदी, ओमन र बहराइनमा हालसम्म गएका १२ लाखभन्दा बढी कामदारबाट ५ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको अनुमान छ ।

‘तर आश्चर्यको कुरा, सरकार गाम्काको यत्रो ठगी र सिन्डिकेटमा वर्षौंदेखि मौन छ’, नेपाल स्वास्थ्य व्यवसायी महासंघका पूर्वअध्यक्ष खड्गबहादुर श्रेष्ठले भने– ‘त्यसविरुद्ध हामीले धेरै पटक आन्दोलन गर्‍यौं, धेरै सरकार फेरिए तर कुनैले पनि सिन्डिकेट हटाएनन् र मलेसियाको त्यस्तै विषयमा आक्रामक देखिएका वर्तमान मन्त्री गोकर्ण विष्टले समेत यसमा चाहिँ वास्तै गरेनन् ।’

रोजगारी र अवसरकारका निम्ति भौंतारिइरहेका बेरोजगार युवाहरुलाई ठग्नेहरुको यो समाचार आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर