newskoseli.Com

‘दलित’ माथि अझै अत्याचार : पाउँदैनन् जन्ती–मलामी, भान्सा र चुलो र धारो छोएको निहुँमै आक्रमण

चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो ।

उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए, स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे र उनको ज्यान गयो । यो २०६८ को घटना हो ।

गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उनी मारिइन् । उनी वडा नम्बर ९ की सदस्य समेत थिइन् ।

धारा छोएको आरोप लगाइएपछि विवाद बढ्यो । मध्यरातमा ४५ वर्षीया मनालाई ‘उपल्लो जाति’ का मान्छेले कुटपिट गरेर हत्या गरे । छुवाछुतकै कारण कर्णालीमा हत्या भएका यी प्रतिनिधि घटना हुन् । जहाँ दलितमाथि हुने जातीय विभेदका घटना बढिरहेका छन् । जसका कारण मान्छे मारिइरहेका छन्, जिउँदाको जीवन पनि कठिन बनेको छ ।

सरकारी तवरबाट ‘छुवाछुतमुक्त अभियान’ मा लाखौं रुपैयाँ बजेट खर्च भइरहेको छ । छुवाछुतविरुद्ध दर्जनौं गैरसरकारी संस्था पनि सक्रिय छन् । तर, कर्णालीका अधिकांश स्थानमा दलितमाथि भान्सामा पसेको तथा चुलो र धारा छोएको निहुँमा आक्रमण रोकिएको छैन । अन्तर्जातीय विवाह, मन्दिर प्रवेश र विद्यालयमा हुने विभेदका कारण थप हिंसा भोग्न ‘दलित’ हरु बाध्य छन् ।

चुलो छोएकै निहुँमा सुर्खेतको कुनाथरीमा केही समय पहिले एक बालकमाथि निर्मम कुटपिट भयो । कथित उपल्लो जातिको कुटपिटबाट बालक भीमबहादुर विक गम्भीर घाइते भएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर