newskoseli.Com

निर्मला हत्या : सीसी क्यामेराको फुटेज कसले गर्‍यो ‘डिलिट’ ? भएन ‘रिकभर’…

निर्मला पन्तको हत्या भएको दिन (साउन १० गते) ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सीसी क्यामेराका फुटेज ‘डिलिट’ गरिएको र ती ‘रिकभर’ हुन नसकेको प्रहरीले बताएको छ ।

प्रमाण नष्ट गर्ने क्रममा सीसी क्यामेराका ‘फुटेज’ पनि ‘डिलिट’ गरिएको भन्ने आवाज उठेपछि ती ‘फुटेज’ लाई ‘रिकभर’ गर्न नेपाल प्रहरीमा रहेको एक मात्र डिजिटल फरेन्सिक ल्याब, काठमाडौंमा पठाइएको थियो ।

‘हामीले ओपेरा होटल र महेन्द्रनगरमा रहेका १६ वटा सीसी क्यामेराका डिलिट भएका फुटेज रिकभर गर्न पठाएका थियौं,’ कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले भने– ‘डिलिट भएको १५ दिनसम्मको फुटेज मात्र रिकभर हुन्छ तर एक महिनापछि फुटेज पठाइएकाले रिकभर हुन नसकेको हो ।’

प्रमाण लुकाउने यो हदसम्मको दुष्कर्म गरिएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर