newskoseli.Com

बर्खास्तीमा परेका एसपी विष्टले के लेखे ‘भावुक स्ट्याटस’ मा ?

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जागिरबाटै बर्खास्तीमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी ढिल्लीराज विष्टले हिजो–आज सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत आफ्ना पीडा पोख्न थालेका छन् ।

फेसबुकमा ‘स्ट्याटस’ लेख्दै विष्टले ‘सत्य र इमानदारिताका पक्षमा वकालत गर्दा गर्दै जागिरको अन्त्य भएको’ उल्लेख गरेका छन् । ‘सत्य–इमानदारिता र असल दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिरको त अन्त्य भयो तर निष्ठा र स्वाभिमानको अन्त्य भएन । खडेरी परेको बेलामा सत्य ओइलाउन सक्छ, तर कहिल्यै मर्दैन’– सामाजिक सञ्जाल फेसबुकमा विष्टले लेखेको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर