‘टिच नेपाल’ नामक गैरसरकारी संस्थाले गरकेो शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ ।
सो संस्थाद्वारा प्रकाशित विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक ऊ इसाई (क्रिश्चियन) परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिने लगायतका सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ ।
उजुरीपछि उक्त संस्थामाथि छानबिन गरिरहेको जानकारी ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले दिएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।