newskoseli.Com

शौचालयविनाका ८ सय ५० प्रहरी कार्यालय, आर्इजीपीलाई भने सवा २ करोडको नयाँ गाडी !

प्रहरी रिपोर्ट भन्छ– ‘देशभरका ८ सय ५० प्रहरी कार्यालयमा शौचालय समेत छैनन् ।’

शौचालयको अभावमा लोटा लिएर पाखा–पाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका प्रमुख सर्वेन्द्र खनालले भने सवा २ करोड रुपैयाँको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् ।

उनको गाडीमा बुलेटप्रुफ प्रणाली समेत जडित छ । दिन–रात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधार समेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि भने ठूलो रकम खर्च गरेको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर