कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका, कुसुमघाटमा फेरि पनि भारतीय पक्षले सीमा मिचेको छ ।
भारतीय पक्षले सीमास्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो ।
स्थानीयका अनुसार एक सय विघाभन्दा बढी खेतीयोग्य जमिन भारतीय पक्षले कब्जा गरी खेती गर्दै आएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।