अदालतको आदेशको अवज्ञा गरेको दावीसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाको सुनुवाइ सेरको छ ।
तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामआधार साहले अदालतको आदेश अपहेलना गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध १ वर्ष कैद र १० हजार जरिवाना माग गर्दै निवेदन दायर गरेका थिए ।
प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा उक्त निवेदनको सुनुवाइ पेसी तोकिएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।