newskoseli.Com

प्रदेश मन्त्रीहरूको दोहोरो असुली ! मुख्यमन्त्री कार्यालयबाट नगद पनि कुपनबाट तेल पनि…

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिइरहेका छन् ।

मुख्यमन्त्री कार्यालयबाट इन्धन बापतको रकम बुझ्ने मन्त्रीहरूले नै गाडीमा भने मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेका छन् ।

मन्त्रीहरूको पारिश्रमिक र सेवा–सुविधासम्बन्धी ऐनअनुसार सरकारले मन्त्रीहरूलाई मासिक २ सय ५० लिटर र राज्यमन्त्रीहरूलाई २ सय लिटर इन्धन सुविधा दिन्छ ।

यो मात्राको इन्धन वापतको रकम उनीहरूले मासिक पारिश्रमिकसँगै नगदमा बुझ्दै आएका छन् । तर, मन्त्रीहरूले कुपन प्रयो गरेर मन्त्रालयबाट थप मासिक ३ सय २० लिटरसम्म तेल लिने गरेको पाइएको खबरर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर