newskoseli.Com

प्रधानमन्त्री कार्यालयभित्रै लुँडोखेलमा मस्त यी कर्मचारी !

आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् ।

खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुःखी । उनको कम्प्युटर ‘अन’ थियो । तर, उनी कम्प्युटरमा काम गरिरहेकी थिइनन् । कुर्सीमा उपरखुट्टी लगाएर बसिरहेकी थिइन् ।

टाउको मोबाइलतिर झुकाएकी थिइन् । बिना कुनै प्रतिक्रिया, बिना कुनै हलचल, बिना कुनै काम– सिंहदरबारको पुस्तकालयमा बसी घन्टौँ लुँडो खेलिरहिन् ।

विकास र समृद्धिको नारासहित मुलुकको बागडोर समालेका प्रधानमन्त्रीको मुख्यालयको एक दृश्यबारेको यो खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर