newskoseli.Com

थोत्रा गाडीको ‘डम्पिङ साइट’ हो सिंहदरबार ?

प्रधानमन्त्री कार्यालय अगाडि ‘फुच्चे धरहरा’ राखिएको छ । गाडीहरू पछाडि पार्किङ गरिएका छन् ।

अन्य मन्त्रालयभन्दा त्यहाँ परिसर खालि देखिन्छ । तर, प्रायः सम्पूर्ण मन्त्रालयको वरपर प्राडो–पजेरोको भीड देखिन्छ । गाडीहरू जथाभावी पार्किङ गरिएका छन् ।

सिंहदरबारभित्र प्रत्येक मन्त्रालय वरिपरी थोत्रा गाडी बग्रेल्ती छन् । वर्षौंदेखि थन्किएका यस्ता गाडी अनेक ब्रान्डका छन् । प्राडो, पजेरो, निशान (शन्नी), फोर्ड, टक्सनजस्ता ‘ब्रान्डेड’ कम्पनीका थोत्रा गाडी छन् सिंहदरबारभित्र । न कसैले बनाएर चलाउँछ न त्यहाँबाट अन्यत्र हटाइन्छ । जताततै यस्ता थोत्रा गाडी मिल्किएको देख्दा लाग्छ– सिंहदरबार त थोत्रा गाडीहरूको ‘डम्पिङ साइट’ हो !

मोटरबाइक र साइकलहरू पनि प्रशस्तै छन् । रेडियो नेपाल परिसरमा २०–२५ वटा थोत्रा र बिग्रिएका साइकल र मोटरसाइकल लडाएर राखिएका छन् । पुनर्निर्माण प्राधिकरणको कार्यालय, सिंहदरबार । प्राधिकरण अघिल्तिरको पार्किङमा बिग्रिएका थोत्रा गाडी थुप्रै छन् । वर्षौंदेखि नचलेका जस्ता देखिने यी गाडी पार्किङमा मिलाएर राखिएका छन् ।

सिंहदरबार भित्रका खालि जग्गामा सयौं संख्यामा बिग्रिएका गाडी छन् । प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी घिमिरे पुराना गाडी लिलाम गर्दा सरकारलाई खासै फाइदा नहुने बताउँछन् । ‘पुराना गाडी पहिलेको तुलनामा अहिले घटेका छन्,’ पुराना गाडी व्यवस्थापन गर्ने काम अगाडि बढिरहेको बताउँदै उनले भने– ‘त्यसको व्यवस्थापनको काम भइरहेको छ ।’

सिंहदरबारभित्र देखिने दृश्यहरूको एउटा आयामसम्बन्धी यो समाचार मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर