newskoseli.Com

ओली–प्रचण्डविरुद्ध उभिने नेकपाका यी चार नेता !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको चालु बैठकमा चार जना शीर्ष नेता दुई अध्यक्षका विरुद्ध उभिएका छन् ।

पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्ष नेता एक ठाउँमा उभिएका हुन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालन एकलौटी ढंगबाट गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मौन रहेर समर्थन गरेको आरोप चार शीर्ष नेताले लगाएका छन् ।

एउटै नेतालाई सरकार र पार्टीको दोहोरो जिम्मेवारी नदिने पूर्वसहमतिविपरीत अध्यक्ष ओलीले आफू निकटलाई जिम्मेवारी दिएको आरोप लगाउँदै माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ अध्यक्षद्वयविरुद्ध उभिएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर