newskoseli.Com

पूर्वराजासँग नारायणकाजीको ‘जम्काभेट’ : के–के भयो कुराकानी ?

पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा ‘जम्काभेट’ भएको छ ।

साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्कंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई लिन पोखरा विमानस्थल पुगेका पूर्वराजा शाहबीच भेट भएको हो । बुहारी र नातिनीहरूको स्वागतका लागि पूर्वराजा विमानस्थलको भीआर्इपी कक्षमा प्रतीक्षारत थिए ।

काठमाडौं फर्कंदै गरेका श्रेष्ठ पनि विमानस्थलको भीआर्इपी रुममा पुगेपछि दुवैबीच भेट भएको हो । श्रेष्ठ विमानस्थलको भीआईपी कक्षमा जाँदै गर्दा विमानस्थलमा खटिएका प्रहरी जवानले विमानस्थलमा पूर्वराजा आएको जानकारी गराएका थिए । श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नेता श्रेष्ठलाई नमस्कार गर्दै हालखबर सोधेका थिए । हालखबर सोधपुछपछि श्रेष्ठले पूर्वराजालाई के पढ्दै हुनुहुन्छ भन्दै सोधेका थिए ।

जवाफमा पूर्वराजा शाहले मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ पढिरहेको बताएका थिए । उक्त पुस्तक प्रकाश कोइराला र मनीषाले उपहार दिएको जानकारी पूर्वराजा ज्ञानेन्द्रले दिएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर