newskoseli.Com

नेकपाको स्थायी समिति बैठक : मन ‘माझियो’ कि झन् ‘भाँचियो’ ?

एकताको आठ महिनापछि बसेको स्थायी कमिटीको औपचारिक हिसाबले तेस्रो र विषयगत छलफलका हिसाबले पहिलो बैठकमा नेकपा नेताहरूले मन फुकाएर धारणा राखेका छन् ।

बैठकमा बोल्ने धेरैले नेतृत्वको कार्यशैलीमा प्रश्न उठाए भने केहीले बचाउ गरे । पार्टी एकताको आठ महिनापछि पहिलो पटक सत्तारूढ नेकपामा गरमागरम राजनीतिक र सांगठनिक बहस भइरहेको छ । यो छलफलबाट नेताहरुको मन ‘माथियो’ कि झन् ‘भाँचियो’ ? राजनीतिक वृत्तमा छलफल सुरु भएको छ ।

बैठक नबोलाइएको भनेर स्थायी समितिका सदस्यबाट तीव्र आलोचना खेपेका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले यस पटक मन फुकाएर नेताहरूलाई बोल्न दिएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर