newskoseli.Com

‘मेरी प्रेमिका’ भन्दै मण्डपमै ‘अढाई महिनाकी गर्भवती बेहुली’ माथि चिर्पट प्रहार

विवाह मण्डपमै कुटपिट हुँदा अचेत भएकी तेह्रथुम फेदाप गाँउपालिका– ३, जलजलेकी बेहुली २३ वर्षीया प्रतीक्षा सम्बाहाम्फे र उनको पेटमा रहेको अढाई महिनाको शिशुको स्वस्थ्य अवस्था सुरक्षित र सामान्य रहेको अस्पतालले जनाएको छ ।

आक्रमणबारे सोधपुछ गर्दा पक्राउ परेकामध्ये एकले ‘बेहुली मेरी प्रेमिका हुन्’ भने पनि प्रतीक्षाले आफू र उनका बीचमा कुनै सम्बन्ध नरहेको दाबी गरिन् । ‘उनीहरुलाई म चिन्छु, आधा घन्टा पैदल परको गाउँका हुन् तर मैले कसैसँग प्रेम गरेकी छैन’– उनले भनिन् ।

दाइहरुले सम्झाइबुझाइ पठाए पनि उनीहरु पुनः आएर झगडा गर्न थालेपछि बेहुली प्रतीक्षा नै बाहिर निस्किएर सम्झाउने प्रयास गरेकी थिइन् । त्यसै क्रममा उनीमाथि नै चिर्पट प्रहार भएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर