newskoseli.Com

‘डिग्री पास ड्राइभर’ भन्छन् : ‘सोच ठूलो भए काम सानो हुँदैन’

बढ्दो बेरोजगारीसँगै दैनिकी चलाउन स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवाशक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेको छ ।

पढेर पनि भनेअनुसारको रोजगारी नपाउँदा समेत स्वदेशमै केही गर्नुपर्छ भन्दै विभिन्न काम गर्ने कतिपय युवाको जमात पनि छ ।

समाजशास्त्रमा मास्टर्स डिग्री गरेका रेसुंगा नगरपालिका– २, तम्घास, धागीथुका युवा सन्तोष पन्थीले स्वदेशमै केही गरौं भन्ने सन्देश दिन अटो रिक्सा चलाउन सुरु गरेका छन् ।

‘कामलाई सानो–ठूलो भन्नु हुँदैन, सफलतापूर्वक गर्नुपर्छ, जेमा पनि कमाइ गर्न सकिन्छ’ भन्दै आफूले अटोरिक्सा चलाउन सुरु गरेको उनले बताएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर