newskoseli.Com

‘गुन्डा नाइके’ मनाङेको निवेदन : ‘सांसदको सपथग्रहण गराइपाऊँ’ !

सर्वोच्चको आदेशमा अघिल्लो साता मात्रै थुनामुक्त भएका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दिपक मनाङेले आफूलार्इ सांसदको सपथग्रहण गराइदिन अनुरोध गर्दै गण्डकी प्रदेशसभामा निवेदन दिएका छन् ।

मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन् । प्रदेशसभा सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीका अनुसार सपथग्रहण गराइपाऊँ भन्ने निवेदन प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।

निवेदन दर्ता भए पनि बाँकी प्रक्रिया भने कानुन अनुसार नै हुने जानकारी सभामुख नेत्रनाथ अधिकारीले दिए । ‘उनी थुनामुक्त मात्र भएका हुन्, सपथग्रहण गर्न पाउँछन कि पाउँदैनन् भन्ने विषय कानुन अनुसार नै हुन्छ’– अधिकारीले भने ।

गत वर्ष मंसिर १० मा भएको पहिलो चरणको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मनाङे प्रदेशसभामा विजयी भएका थिए । उनले निर्वाचन जिते पनि हालसम्म प्रदेशसभा सदस्यको हैसियतमा सपथ भने लिन पाएका छैनन् । मुद्दा फैसला नभएसम्म उनले सपथ लिन नमिल्ने निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले केही हप्ताअघि बताएका थिए ।

‘थुनामुक्त हुनु भनेको मुद्दा फैसला हुनु होइन,’ खरेलले भने– ‘अदालतले मुद्दा टुंग्याएको हकमा भने उनले सपथ लिन पाउँथे ।’ प्रदेशसभामा विजयी भएर पनि आपराधिक पृष्ठभूमिका कारण विभिन्न झमेलामा फसेका मनाङेको यो खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर