newskoseli.Com

विवेकशील–साझा पार्टीमा बढ्यो आन्तरिक विवाद : नेताहरूद्वारा धमाधम राजीनामा

रविन्द्र मिश्र र उज्वल थापाको नेतृत्वमा रहेको विवेकशील–साझा पार्टीमा आन्तरिक विवाद बढेको छ ।

पार्टी नेतृत्वप्रति असन्तुष्ट अधिवक्ता ओम अर्यालले हालै राजीनामा दिएका छन् । नेताहरू डा. सरोज धिताल, डा. दिनेश प्रसाईं र रेशु अर्यालले पनि यसअघि नै पार्टी छाडिसकेका छन् । अहिलेकै शैलीमा पार्टीमा रहेर वैकल्पिक राजनीति गर्न नसकिने उनीहरूको ठहर छ ।

पार्टी संयोजक रविन्द्र मिश्र, सूर्यराज आचार्य, मुमाराम खनाललगायतले एकलौटी ढंगले पार्टी चलाएको र केन्द्रीय सदस्यहरूलाई भूमिका नदिएको उनीहरूको आरोप छ । पार्टीका अर्का संयोजक उज्वल थापा आन्तरिक विवादकै विषयमा जिल्लाका नेता–कार्यकर्ताहरूसँग छलफल गरेर काठमाडौं फर्केका छन् । उनी पनि चाँडै ठोस निर्णय लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।

युवानेतृ तथा स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरकी उम्मेदवार रञ्जु दर्शना पनि नेतृत्वप्रति असन्तुष्ट रहेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर