newskoseli.Com

‘सुधार केन्द्र’ मा महिलामाथि चरम यातना : ९ जनाले गुमाए मानसिक सन्तुलन !

राजधानीको बूढानीलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई यातना दिने गरेको पाइएको छ ।

अवैध तवरबाट सञ्चालित सुधार केन्द्रका सञ्चालकले दिएको यातना सहन नसकेर भागेका दुई महिला प्रहरीको शरणमा पुगे । उनीहरूकै सूचनाको आधारमा बुधबार महानगरीय प्रहरीले सुधार केन्द्रमा छापा मारी दर्जनौं महिलाको उद्धार गरेको छ ।

‘अमानवीय व्यवहार गरेको पाइएकाले उक्त सुधार केन्द्र बन्द गर्ने निर्णय गरेका छौं’– महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले भने– ‘प्रारम्भिक अनुसन्धानमा यातनाबाट ९ महिलाको मानसिक सन्तुलन नै गुमेको भेटियो ।’

ठगी र अत्याचारका अनेकौं बान्कीमध्येको यो एउटा उदाहरणबारेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर