newskoseli.Com

‘विप्लवको पार्टीले हामीलाई उपयोग मात्र गर्‍यो’ : सरकारी वार्ताटोलीका संयोजकको गुनासो

राज्यसँग असन्तुष्ट विभिन्न पक्ष र समूहहरुसँग वार्ता गरी समाधान निकाल्न भन्दै सरकारले गठन गरेको वार्ताटोलीलाई नै उल्टै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ‘उपयोग’ मात्र गरेको गुनासो सो टोलीका संयोजक सोमप्रसाद पाण्डले गरेका छन् ।

‘विप्लवका केन्द्रीय कमिटी र पोलिटब्युरोस्तरका नेताहरुसँग भेट भयो । गुणराज लोहनीसँग बढी कुरा भयो । उहाँसँग वार्ता गरेपछि सीधै विप्लवसँग कुरा हुन्छ भन्ने जानकारी हामीलाई आएको थियो । तर, ८ मंसिरमा काठमाडौंमा खुला कार्यक्रम गरेपछि उहाँहरुको चासो कम देखियो ।’

‘मैले विप्लवलाई एक्लै भेट्छु भनेर गुणराजजीलाई प्रस्ताव गरें । तर, वातावरण नै बनाउनु भएन । प्रकाण्डलगायत ७ नेता र थुप्रै कार्यकर्ता जेलमा हुनुहुन्थ्यो । वार्ताको वातावरण बनाउन मैले नै प्रधानमन्त्री र गृहमन्त्रीलाई भनेर उहाँहरुलाई छुटाएँ । तर, उहाँहरुले हामीलाई उपयोग मात्रै गर्नुभयो’– संयोजक पाण्डेले शुक्रबारको नयाँ पत्रिका दैनिकसँग भनेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर