newskoseli.Com

आमा र सानिमा मिलेर १८ वर्षीया किशोरीलाई डामियो तातो पन्यूँले !

‘म आन्टीको घरमा बस्थें । उहाँकी सानी छोरी बिरामी भई । आइतबार राती आन्टीले आमालाई बोलाउनुभयो । आमा आएपछि तैंले बोक्सी लगाइस् भन्दै मलाई कुट्न थाल्नुभयो । आमाकै अगाडि काम्दै तातो पन्यूँले डाम्नुभयो । मैले हारगुहार गरें । आमाले पनि केही भन्नु भएन । मलाई कसैले बचाएनन् ।’

यो कुनै कथाको पात्रको भनाइ होइन । सुर्खेतको वीरेन्द्रनगर– २ की १८ वर्षीया अमृता बुढाको पीडा हो । बोक्सीको आरोपमा उनीमाथि आफन्तबाटै मरणासन्न हुनेगरी कुटपिट भएको छ । शरीरभरि तातो पन्यूँले डामिएको छ । अझ परिवारले नै यसको कानुनी उपचार खोज्न चाहेको छैन । एक सातासम्म गुपचुप राखिएको घटना शुक्रबार बल्ल सार्वजनिक भएको छ ।

पीडित किशोरीकै आमा समेत घरभित्रको कुरा भन्दै घटनालाई सामान्यीकरण गर्न लागिरहेकी छन् । तर, किशोरीले भने न्याय मागेकी छन् । घाइते अमृताले आफूमाथि अत्याचार भएको बताइन् । कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर