newskoseli.Com

एकै गाउँका ३ किशोरी ४ दिनदेखि बेपत्ता

कापी बिर्सियो भनेर दिउँसोको स्कुल छुट्टीमा घर आएर फर्केका बालिका सम्पर्कविहीन छन् ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत ३ बालिका ४ दिनदेखि बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा सिम्ता गाउँपालिका, खानिखोलाका १४ वर्षीया निशासिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका २ बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी ऋचिमा छन् । यमुना र निशा ९ मा अध्ययनरत हुन भने ऋचिमा ७ कक्षामा अध्ययनरत छिन् । निशाकी आमा भगवती सिंहका अनुसार पुस १० गते दिउँसो १ बजे टिफिन टाइममा घर आएपछि कापी बिर्सिएँ भनेर स्कुल गएका छोरी हालसम्म घरमा फर्केका छैननन् ।

उनीसँगै यमुना खत्री र ऋचिमाका २ बहिनी पनि टिफिन टाइममा निशाको घर आएर फेरि स्कुल गएदेखि नफर्किएको उनको भनाइ छ । छोरीहरु बेलुकी घर नआएपछि आफन्तकहाँ सोध्दा नभेटिएपछि त्यही दिन राति प्रहरी चौकी आलीमा खबर गर्दा बेवास्ता गरेको भगवती बताउँछिन् ।

स्कुल पठाएका छोरीहरु एकाएक गायब हुँदा अनौठौ लागेको यमुना खत्रीकी आमा दीपाले जानकारी दिइन् । बुटवलस्थित फुपूको घर जाने भन्दै स्थानीय सल्लीबजारमा गाडी चालकहरुसँग उनीहरुले कुरा गरेको सुन्नमा आएको दीपाले बताइन् ।

एक जना गाडी चालकले उनीहरुलाई सल्लीबजारदेखि मेहलकुनासम्म लगेर रात परेपछि आफ्नै घरमा राखेको खुलेको छ । तर, उनीहरु बिहानै कसैलाई थाहा नदिइ हिँडेको चालक बताउँछन् । हाल प्रहरीले चालकलाई समेत इलाका प्रहरी कार्यालय छिन्चुमा राखेर सोधपुछ गरिरहेको छ ।

हराएका बालिका निशा र यमुनाका बुबा हाल रोजगारीका लागि भारतमा छन् । हराएका छोरीहरुको खोजी गरिदिन निशाका बुबा गणेश सिंहले अपिल गरेको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर