newskoseli.Com

‘असन्तुष्ट’ नेताको मन जित्न सफल भए प्रचण्ड !

नेकपाको स्थायी समिति बैठकमा सो पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘हावी’ भएका छन् ।

बैठकको पहिलो दिनदेखि समापनसम्मै दाहाल ‘बलियो’ देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली रक्षात्मक रुपमा प्रस्तुत भए ।

पार्टी एकताको दिन (जेठ ३ मा) ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए । तर, एकतापछि पहिलो पटक बसेको र स्थायी कमिटीका सबै सदस्यले २० मिनेटका दरले बोल्ने समय पाएको बैठकमा भने दाहाल एकछत्र ‘हावी’ देखिएको स्थायी समितिका एक सदस्यले बताए ।

दुई धारबाट आएका नेताको प्रस्तुति, हाउभाउ शैली र अभिव्यक्ति बुझ्न एक–अर्को खेमाका नेताहरूलाई सबैभन्दा महत्त्वपूर्ण अवसर थियो यो बैठक । तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको र सरकारका कामकारबाही प्रभावकारी बन्न नसकेको भनी नेतृत्वको आलोचना बढिरहँदा स्थायी कमिटीको बैठक बसेको थियो ।

अध्यक्ष दाहालले बैठकमा आफूलाई सन्तुलित रूपमा प्रस्तुत गरे त्यसैले उनी नेताहरूको आक्रमणको तारो बनेनन् । बरु उनी असन्तुष्ट नेताको मन जित्न समेत सफल भए । अबको पार्टी नेता आफू नै भएको सन्देश प्रचण्डले दिएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर