newskoseli.Com

परिवार पोखरातिर, पारस शाह एक्लै चितवनतिर !

आफ्नो अधिकांश जन्मदिन छोराछोरीसँगै मनाउने गरेका पारस शाहले यस वर्षको जन्मदिन अरु साथीहरुसँग मनाउने भएका छन् ।

शनिबार चितवन आएका पारसका साथमा राजेश सिंह, शीतल सिंहलगायत आफ्ना नजिकका साथीहरु सहभागी छन । पारस आइतबार (पुस १५ देखि) ४९ वर्ष लाग्दैछन् ।

पूर्वराजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गरेका थिए । ‘आमा कोमल, श्रीमती हिमानी, छोरीहरु पूर्णिका, कृर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससँगै जन्मदिन मनाउने योजना बनाएका थिए ।

तर, पारस आफ्ना साथीसँग चितवन गएको खबर नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर