newskoseli.Com

नेकपामा स्पष्ट ३ गुट : महाधिवेशनउन्मूख गुटगत राजनीति !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिँदासम्म त्यस पार्टीभित्र स्पष्टतः तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएको देखिएका छन् ।

नेकपामा देखिएको यो गुट राजनीति आगामी महाधिवेशनउन्मूख हुन थालेको छ । महाधिवेशन नभई गुट गतिविधि कम नहुने बरु यो पार्टीका सबै निकायमा निरन्तर हुने संकेत समेत प्राप्त भएका छन् ।

स्थायी समितिको बैठकमा ओली गुटका नेताहरू सरकार र पार्टी अध्यक्ष शर्माको बचाउमा लागेका थिए । दाहाल गुटका नेताहरू दुवै मुद्दामा मौन बसे । नेपाल गुटका नेताहरु भने सरकार सञ्चालन र पार्टी पद्धतिको विषयमा आलोचक भएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर