newskoseli.Com

सभामुख र राष्ट्रियसभा अध्यक्षकहाँ गाडीको लस्कर !

संघीय संसदको प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारी साधन प्रयोग गरिरहेका छन् ।

सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४–४ वटा गाडी प्रयोग गरिरहेका छन् ।

त्यस्तै, उपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले पनि २–२ वटा गाडी चढिरहेका छन् । संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा ७ मा संसदका पदाधिकारीले एउटा मात्रै सवारी प्रयोग गर्न पाउने व्यवस्था गरेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर