newskoseli.Com

राज्यसभामा पेस हुँदै ‘तीन तलाक’ निषेधी विधेयक

भारतीय संसदको तल्लो सदन, लोकसभाबाट पारित भैसकेको ‘तीन तलाक’ लाई अवैध मान्नेसम्बन्धी विधेयक सोमबार राज्यसभामा पेस गरिने भएको छ ।

मुस्लिम समुदायका महिलालाई आफ्नो लोग्नेले मौखिक रूपमै तीन पटक सम्म ‘तलाक’ शब्द उच्चारण गरेपछि सम्बन्ध–विच्छेद हुने गरेकामा अब त्यसो गर्नु गैरकानुनी हुने प्रावधान सहितको सो विधेयक राज्यसभामा पेस गरिने कानुन मन्त्री रविशङ्करले सोमबार बताएका छन् ।

‘मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक, २०१८’ नामक सो विधेयक भारतीय संसदको तल्लो सदन (लोकसभा) बाट डिसेम्बर २७ मा (बिहीबार) पास भएको थियो । विधेयकमाथि भएको छलफलपछि २ सय ४५ मतमा ११ मत मात्र यस विधेयकका विपक्षमा परेको थियो ।

प्राप्त समाचार अनुसार विवादास्पपद यस ‘तीन तलाक विधेयक’ माथिल्लो सदनमा छलफलका लागि भारतीय जनता पार्टी (विजेपी) र भारतीय कांग्रेसका सदस्यहरुलाई उपस्थितका लागि भनिएको छ । डिसेम्बर २७ मा प्रस्ताव पारित गर्नका लागि भारतीय जनता पार्टी (बीजेपी) ले लोकसभाका सदस्यलाई संसदमा उपस्थितिका निम्ति ह्वीप नै जारी गरेको थियो ।

‘तलाक’ शब्दलाई वैधानिक बाध्यताका रुपमा स्वीकार पनि गर्दै आएका छन् । तर, यस्तो कार्य गैरकानुनी र नारी अधिकारको विपक्षमा रहेको भारतीय नारी अधिकारवादीहरुले बताएका छन् । उनीहरुकै आन्दोलनका कारण भारत सरकार अहिले यो कानुन ल्याउन बाध्य भएको हो ।

भारतीय सर्वोच्च अदालतले यस्तो कार्यलाई प्रतिबन्ध लगाउन गतवर्ष नै सरकारका नाममा आदेश दिएपछि यो कार्यलाई गैरकानुनी मानिएको छ । तैपनि त्यो प्रतिबन्धपछि समेत करिव ४ सय ५० महिलाले ‘तलाक’ शब्दको बाध्यता व्यहोरिसकेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर