newskoseli.Com

राष्ट्रपतिको जीवनशैली : ‘राजतन्त्रकालमा समेत नदेखिएका दृश्यहरु गणतन्त्रमा’ !

गणतान्त्रिक नेपालकी द्वितीय राष्ट्रपति विद्यादेवी भण्डारीको विष्मयकारी जीवनशैली, आडम्बरपूर्ण तडकभडक एवं विलासीपन र उदेकलाग्दो अहंकारबारे नेपाली राजनीति तथा समाजका हरेक तह–तप्कामा धेरथोर प्रश्न उठिरहेकै छन् ।

यसै मेसोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले झन् कडा प्रहार गर्दै प्रश्न उठाएका छन् । राजतन्त्रको बेलामा समेत नदेखिएका दृश्यहरु गणतन्त्रमा देख्नु परेको भन्दै राणाले असन्तुष्टि जनाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको विलासीपनले अनेकन आशंका जन्माएको औंल्याएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर