newskoseli.Com

विभाजनउन्मूख विवेकशील–साझा : रवीन्द्र मिश्र भर्सेज उज्ज्वल थापा !

पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील–साझा पार्टी विभाजनउन्मूख देखिएको छ ।

पार्टीका दुई संयोजकबीच गम्भीर मतभेद पैदा भएको छ । उज्ज्वल थापाले ‘विवेकशील–साझा पार्टी गलत बाटोतर्फ गइरहेको’ निष्कर्षसहित पार्टी सदस्यलाई पठाएको प्रतिवेदनमा नेतृत्वमा रहेको मतान्तरको फेहरिस्त नै उल्लेख छन् ।

‘विवेकशील–साझा पार्टीको निर्वाचनपछिको एक वर्षको समीक्षा’ शीर्षकमा पार्टी सदस्यका लागि पठाइएको १८ पृष्ठ लामो प्रतिवेदनमा थापाले राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन् । अब पार्टीमा नयाँ नेतृत्व निर्वाचित गर्नुपर्ने संकेत उनले गरेको खबर मंगलबारका पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर