newskoseli.Com

गुणस्तर विभागमा खुल्लमखुला घूस : १ घन्टामा १२ पटक लेनदेन, पैसा नदिए गेटसम्म पनि खुल्दैन !

राजधानीको माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभागमा पस्ने वित्तिकै देखिन्छ– आकर्षक नारा, लेखिएको छ– गुणस्तरीयता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता ।

तर, मापन गरेवापत विभागका कर्मचारीले खुल्लमखुला घुस लिने गरेका छन् । आइतबार बिहान ११ः२० बजे ट्याक्सीको मिटरमा ‘सिल’ लगाइदिने कर्मचारीले चालकसँग घुस मागे । सरकारी पोशाक लगाएका ती कर्मचारीले भने– ‘चिया खर्च दिनुस् ।’

चालक अनकनाए । कमाइ नभएको सुनाउँदै गुनासो गरे । तर, ती कर्मचारीले चालकलाई छाड्दै छाडेनन् । चालकले ५० रुपैयाँ थमाएपछि बल्ल छाडे । ती चालक विभागभित्र काम सकाएर गेटतर्फ मोडिए । गेटनजिकै पुगे तर गेट खोलिएन ।

गेटमा बस्ने कर्मचारी उनको नजिक आए । अनि हाकाकाकी भने– ‘पहिला चिया खर्च दिनुस् ।’ पहिल्यै ५० रुपैयाँ बुझाइसकेको चालकले बताए । बिहानैदेखि एक सुको कमाइ नभएको भन्दै गुनासो गरे । तर गेट खुल्दै खुलेन ।

कर्मचारी भन्दै थिए– ‘हामीलाई पनि हेर्नुपर्‍यो नि ।’ गेट खुलेन । चालकले एक सयको नोट निकालेर कर्मचारीको हातमा थमाइदिए । बल्ल गेट खुल्यो । ‘मनपरी हुन्छ यहाँ, पाइलैबिच्चै घुस खुवाउँनुपर्छ ।’ चालक रिसाउँदै गोंगबुतर्फ लागेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर