newskoseli.Com

‘भाइरल’ बन्दैछ भाइरस : आफूनजिक खोकिरहेका व्यक्तिबाट जोगिनोस् है !

आफू नजिकै खोकिरहेका व्यक्ति छन् भने सजग हुनुहोस् । खोकी लाग्नु भाइरस संक्रमणको लक्षण हो । भाइरसका कारण हुने संक्रमण नै इन्फ्लुएन्जा हो । यसलाई फ्लु पनि भन्ने गरिन्छ ।

भाइरसका कारण हुने मौसमी रुघा–खोकीले अहिले सबै उमेरसमूहका व्यक्तिलाई सताएको छ । खोकी लागिरहने, नाकबाट पातलो सिँगान आउने र ज्वरो आएपछि अस्पताल धाउने बिरामीको संख्या दिनहुँ सयभन्दा बढी छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, कान्ति बाल अस्पताललगायतका सरकारी एवं निजी अस्पतालमा उपचारका लागि आउनेहरू बढेको चिकित्सक बताउँछन् । निरन्तर खोकी लागिरहे आराम गर्न चिकित्सकले सुझाएका छन् ।

बिरामीले हाच्छिउँ गर्दा नजिकै रहेको निरोगी व्यक्तिमा हावाको माध्यमद्वारा भाइरस सर्न सक्ने भएकाले रुमालको प्रयोग गर्न उनीहरूको सुझाव रहेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर