newskoseli.Com

प्रधान न्यायाधीशको हविगत : बिदाइका दिन समेत ‘चलखेल’, हिँड्ने दिन पनि ‘मुद्दा व्यवस्थापन’ मा रुचि !

प्रधान न्यायाधीश ओमप्रकाश मिश्र उमेर हदका कारण मंंगलबार अवकाश लिँदै थिए ।

दिउँसो साढे २ बजे बिदाइ कार्यक्रम थियो । त्यसको केही घन्टा अगाडिसम्म पनि उनी ‘अस्वाभाविक’ रुपमा इजलास तोकिरहेका थिए ।

‘हिँड्ने दिन समेत मुद्दा व्यवस्थापनमा रुचि देखाउने प्रधान न्यायाधीश कहिल्यै देखिएको थिएन,’ न्याय प्रशासनका एक उच्च अधिकारीेले भने– ‘केही घन्टा अघिसम्म पनि मुद्दा छान्ने र आफ्नो स्वार्थको इजलासमा तोक्ने उनको चरित्र अजिव थियो ।’

केही वर्ष यता प्रधान न्यायाधीशहरु निरन्तर विवादमा आइरहेका अनि सर्वोच्च अदालतको ‘सर्वोच्च पदाधिकारी’ बनेकाहरुले देखाएका उदेकलाग्दा एवं अस्वाभाविक गतिविधिहरुको पछिल्लो उदाहरणको यो खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर