newskoseli.Com

ससुरालीमा ‘अपमानित’ भएको बहानामा आफ्नै बच्चासहित ६ जनाको हत्या

थाइल्यान्डमा एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा आफू अपमानित भएको महशुसपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् ।

नयाँ वर्ष मनाउने क्रममा उक्त हत्याकाण्ड भएको हो । उनले आफ्ना दुई बच्चालगायत ६ जना पारिवारिक सदस्यको गोली हानी हत्या गरेपछि आफैंलाई समेत गोली हानेका थिए ।

ती व्यक्ति सुसिप सोर्सग् भएको प्रहरीले जानकारी दिएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर