newskoseli.Com

वाइडबडी भ्रष्टाचार : ‘तथ्यगत ठहरसहितको निर्णयलाई नेकपाले स्वीकार्छ’

वाइडबडी प्रकरणमा संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले ल्याएको प्रतिवेदनमा समितिको अन्तिम निर्णय र त्यसपछि आउने प्रतिवेदन अध्ययनपछि मात्र सत्तारुढ नेकपाले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

वाइडबडी अध्ययन–अनुसन्धान गर्न गठित उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई समेत दोषी ठहर्‍याउँदै कारबाही गर्न सिफारस गरेको छ ।

‘उपसमितिले समितिलाई बुझाएको प्रतिवेदनका विषयमा पार्टीभित्र छलफल भएको छैन, औपचारिक धारणा बनेको छैन, उपसमितिले अहिले प्रतिवेदन समितिलाई बुझाएको छ, समितिले त्यसलाई कुन रुपमा लिएर अन्तिम निर्णय लिन्छ, हामी त्यसलाई हेरिरहेका छौं,’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने– ‘संसदीय समितिले तथ्यगत भ्रष्टाचार भएको ठहरसहित निर्णय गर्छ भने हाम्रो पार्टीले संसदीय समितिको त्यस्तो प्रतिवेदनलाई गम्भीर रुपमा ग्रहण गर्छ ।’

चर्चाको शिखरमा रहेको वाइडबडी भ्रष्टाचारसम्बन्धी यो खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर