newskoseli.Com

नेपालमा झन्डै ४९ हजार त नर्स मात्रै बेरोजगार !

देशमा सर्वत्र बेरोजगारी उत्कर्षमा पुगेका बेला नर्सहरुको बेरोजगारीले समेत सीमा नाघेको छ ।

नेपालमा हालसम्म रहेका नर्समध्ये ६६ प्रतिशत बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कूल ८५ हजार ६ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् ।

काउन्सिलका अनुसार ७ हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका ५ हजार नर्सको मृत्यु भइसेको छ भने ४८ हजार ८ सय ६ नर्स देशभित्रै बेरोजगार रहेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर