newskoseli.Com

‘पहरो गर्जिए गर्जियोस्, वाइडबडी प्रकरणको रौं–चिरा केलाइन्छ : प्रधानमन्त्री

वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली गहिराइसम्म पुगेर छानबिन गर्ने निष्कर्षमा पुगेका छन् ।

बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी समेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबिन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।

‘मन्त्रिपरिषदका सदस्यलाई कारबाहीका लागि सिफारिस गरेपछि प्रधानमन्त्रीज्यूले चासो नलिने त प्रश्नै भएन । त्यसैले सरकारले अब वाइडबडी प्रकरणको रौं–चिरा केलाएर छानबिन गर्छ । कहाँबाट सुरु भयो जिन (वंशानुगत) पत्ता लगाएर सम्पूर्ण कुरा बाहिर आउने गरी छानबिन हुन्छ’– प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक सल्लाहकारले भनेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर