newskoseli.Com

गम्भीर रोग र कठोर दुःख यसरी लुकाउँछन् महिला…

एक सातासम्म निरन्तर रगत बग्दा पनि नरहरिनाथ गाउँपालिका– १ की दुरी विश्वकर्माले कसैलाई खबर गरिनन् ।

उनी ४ महिनाकी गर्भवती हुन् । दुरीको समस्या जटिल बन्दै गएपछि मात्र पति अम्मरेले जानकारी पाए । उनले पत्नीलाई कुमालगाउँस्थित स्वास्थ्य चौकी पुर्‍याए । उनको समस्या निरन्तर बढ्दै गएपछि त्यहाँका हेल्थ असिस्टेन्टले जिल्ला अस्पताल कालिकोट ‘रेफर’ गरे ।

पुस ७ देखि थला परेकी उनलाई तत्काल रगत चढाउनुपर्ने कुमालगाउँका चिकित्सको सल्लाह अनुसार ७ जना युवाले १४ पुसमा दिनभर स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल कालिकोट पुर्‍याए । ‘दैनिक रगत बग्न थाले पनि उनले मलाई भनिनन्, घरको काम गर्दै थिइँन्’, पति अम्मरेले भने– ‘जब उनी कामै गर्न नसक्ने अवस्थामा पुगिन् अनि मात्रै थाहा पाएँ, लगत्तै स्वास्थ्यचौकी पुर्‍याएँ ।’

लाज र सामाजिक अवगालका कारण आफ्ना गम्भीर रोग लुकाइरहने नेपाली महिलाहरूको कहालीलाग्दो अवस्थाबारेको यो खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर