newskoseli.Com

एकै सरकारी कार्यालयको परिसरमा एउटै नम्बरका तीन गाडी !

एउटै नम्बर प्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा तपाईं के सोच्नुहुन्छ ? पक्कै पनि अनौठो मान्नुहोला ।

बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा बुधबार यस्तै अनौठो दृश्य देखियो । यो कानुन विपरीतको काम गरेका छन् राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले । चोरीका तीन गाडीलाई उनीहरूले यसरी एउटै नम्बर राखेर प्रयोग गरिरहेका हुन् ।

एक वर्षअघि अवैध चाँदीसहित बा १२ च ६७९० नम्बरको सुजुकी वाग्नर कार बरामद गरिएको थियो । त्यही नम्बरलाई राजस्व अनुसन्धानका कर्मचारीले अन्य दुई गाडीमा पनि दुरुपयोग गरेका हुन् ।

कार्यालय प्रमुख राजनकुमार बीसीकै निर्देशनमा सिमराको एक आर्ट्स हाउसमा एक साताअघि दुवै गाडीमा नम्बर प्लेट राखिएको राजस्व अनुसन्धान कार्यालय स्रोतले बताएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर