newskoseli.Com

‘जनप्रतिनिधि’ को ‘पौरख’ ! विकास खर्च काटेर धमाधम सवारी साधन खरिद

लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहँदा अनेकौं विकृति, समस्या र अनियमितता चरमचुलीमा पुगेको थियो ।

करिव डेढ वर्षअघि स्थानीय तहको निर्वाचन सम्पन्न भएर सबै तहमा जनप्रतिनिधि क्रियाशील हुन थालेपछि अब भने विगतका सबै विकृति र समस्या हट्ने अनि जनसेवा, विकास र समृद्धिको गति अगाडि बढ्ने आशा र भरोसा धेरैले गरेका थिए ।

तर, जब ‘जनप्रतिनिधि’ ले पदभार सम्हाले र कामकाज अगाडि बढाए, देशभरबाट अनेक खाले उट्पट्याङ, जनविरोधी र आश्चर्यजनक गतिविधिका खबर आउन थाले । खासगरी, विकास खर्च कटौती गरेर जनप्रतिनिधिले सवारी साधन खरिद गर्न थालेका खबरहरु धेरैतिरबाट सुनिन थाले ।

यसै क्रममा प्युठानका जनप्रतिनिधिहरुले विकासको बजेट काटेर नगरपालिका मेयर र उपमेयर, गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष एवं सवै वडाअध्यक्षका लागि सवारी साधन खरिद गरेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर