newskoseli.Com

‘वाइडबडी भ्रष्टाचार’ : लेखा समितिलाई चुनौती दिँदै सरकारद्वारा बेग्लै छानबिन समिति !

नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा संसदीय उपसमितिको छानबिन प्रतिवेदन अस्वीकार गर्दै सरकारले बेग्लै ३ सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेशसहित पूर्व मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा ३ सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा छन् ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित केही पूर्वमन्त्री र सचिवलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरेपछि त्यसलार्इ चुनौती दिँदै सरकारले छुट्टै न्यायिक छानबिन समिति गठन गरेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर