newskoseli.Com

सर्वोच्चको आदेशलगत्तै सुमार्गीले झिके साढे २ अर्ब

व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन् ।

सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन् ।

सुमार्गी सर्वोच्चको आदेशसँगै रोक्का रहेको आफ्नो रकम भुक्तानी माग्दै इन्भेस्टमेन्ट बैंक पुगेका थिए । बैंकले भुक्तानीका लागि केही दिनको समय मागेको थियो । तर, सुमार्गीले ताकेता गरेपछि बैंकले उनको खातामा रहेको रकम लैजान बाटो खुला गरिदिएको बैंक स्रातले बतायो ।

‘अदालतको आदेश पालना नगरे अपहेलना मुद्दा हाल्ने धम्की आएपछि सुमार्गीको रकम इन्भेस्टमेन्ट बैंकले फुक्का गरिदिएको हो,’ बैंक स्रोतले भन्यो– ‘इन्भेस्टमेन्ट बैंकले सुमार्गीको खातामा रहेको रकम भुक्तानी गर्न राष्ट्र बैंकको अनुमति मागेको थियो । तर, राष्ट्र बैंकले निर्णय ढिला गरेपछि इन्भेस्टमेन्ट बैंक स्वयंमले भुक्तानी दिएको हो ।’

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योगको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी रोक्का नगर्न अघिल्लो साता राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सोही आदेशको सदुपयोग गरी सुमार्गीले रकम निकालेको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर