newskoseli.Com

‘वाइडबडी भ्रष्टाचार’ प्रतिवेदनमा संसदीय समिति अनिर्णित : उपसमितिको प्रतिवेदन नै त्रुटिपूर्ण

नेपाल वायुसेवा निगमले ल्याएका २ वटा ‘वाइडबडी’ (ठूलो आकारका) विमान खरिद प्रकरणमा भ्रटाचार भएको भन्ने संसदीय उपसमितिको प्रतिवेदन त्रुटिपूर्ण पाइएको छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रतिवेदनमा त्रुटि भएको निष्कर्ष निकाल्दै त्यसलाई सच्याएर छलफलमा ल्याउने भएको छ ।

‘समितिले विमान खरिद प्रक्रियामा संलग्न निकायहरुसँग छलफल र विज्ञहरुसँग परामर्श गरेर प्रतिवेदनमा भएका त्रुटिहरु सच्याएर आइतबारसम्ममा तयार पार्न कर्मचारीलाई निर्देशन दिएको छ,’ लेखा समिति सचिव डा रोजनाथ पाण्डेले भने– ‘हामी सरोकारवाला निकायहरुसँग छलफल गरी आइतबारसम्ममा प्रतिवेदन सच्याएर पेस गर्नेछौं ।’

गल्ती नै नगरेका व्यक्तिहरु पनि उपसमितिको प्रतिवेदनमा परेको भन्दै सांसदहरुले सच्याउन आग्रह गरेपछि त्यसमा भएको त्रुटि सच्याउने काम सुरु भएको जानकारी सचिव पाण्डेले दिए । वाइडबडी खरिदका क्रममा व्यापक अनियमितिता भएको भन्दै छानविनका लागि नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा गठिन उपसमितिले पेस गरेको प्रतिवेदनमा समितिको शुक्रबार बसेको बैठकमा छलफल भएको थियो ।

उपसमितिले १५ दिनसम्म अध्ययन गरेर बुधबार लेखा समितिलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको बैठकमा राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिवेदन आएको भन्दै नेकपाका सांसदहरुले प्रतिवेदनमाथि आशंका व्यक्त गरेका थिए ।

शंका उब्जिएपछि प्रतिवेदनमाथि थप अध्ययन तथा छलफलका लागि सोमबार बैठक बोलाइएको छ । शुक्रबारको बैठकमा बोल्ने समितिका अधिकांश सांसदले प्रतिवेदनमा लेखिएका शब्दप्रति असन्तुष्टि व्यक्त गरेका छन् । एउटै प्रकरणमा सबैलाई समान व्यवहार गर्नपर्ने माग सांसदहरुको रहेको खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर